चुनावअघि नै आफूलाई राष्ट्रपति दिने सहमति भएको माधवकुमार नेपालको दाबी

भक्तपुर न्यूज

९ फागुन २०७९ ११:३०

चुनावअघि नै आफूलाई राष्ट्रपति दिने सहमति भएको माधवकुमार नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अहिलेसम्म राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् ।

मंगलबार दाङका सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यसबारे अहिले आफूले केही सोचिनसकेको र देशका लागि आफूहरुले जस्तोसुकै बलिदान गर्न पनि तयार हुने बताएका छन् ।

उनले राष्ट्रपति आफ्नो पार्टीले पाउने विषयमा चाहिँ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग ४ मंसिरमा भएको निर्वाचनअगाडि नै सहमति भएको पनि बताएका छन् ।

यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवै जना तयार भएको पनि उनले दाबी गरेका छन् ।

प्रकाशित मितिः २०७९ फागुन ०९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय