कुशल मल्लसँगै सन्दीप जोरा आउट, दबाबमा नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको २१३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।
पाँचौँ विकेटका रूपमा सन्दीप जोरा एक रनमा आउट भए । यसअघि चौथो विकेटका रूपमा नेपालका कुशल मल्ल १७ रनमा आउट भएका थिए । उनी क्रिस ग्रेभ्सको बलमा आउट भए । यसअघि ज्ञानेन्द्र मल्ल २१, आशिफ शेख १२ र कुशल भुर्तेल शून्यमा आउट भए ।
स्कटल्यान्डका मार्क वाटले दुई विकेट लिए । ब्रान्डन म्याकमुलेन र क्रिस ग्रेभ्सले समान १-१ विकेट लिएका छन् । नेपालका अग्रपंक्तिका ब्याटर सस्तैमा समेटिएका छन् । खराब सुरुवात गरेको नेपाल पूरै दबाबमा आएको छ ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा २१२ रन मात्रै बनाउन सकेपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।
प्रकाशित मितिः २०७९ फागुन ०९ मंगलबार
