वार्ता निष्कर्षविहीन

भक्तपुर न्यूज

२८ जेठ २०७४ ९:३४

वार्ता निष्कर्षविहीन

काठमाडौं, २८ जेठ । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरू र राष्ट्रिय जनता पार्टी नेपालबीच आज भएको वार्ता पनि बिना सहमति टुंगिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान बसेको दुई पक्षको वार्तामा राजपाले तराई मधेसमा स्थानीय तह थप्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई भ्याकेट गर्नुपर्ने र निर्वाचनको मिति फेरि सार्नुपर्ने माग राखेको थियो ।

राजपा र सत्तारुढ दलबीच राजनीतिक दलसम्बन्धि ऐन सशोधन गर्ने सहमति भएको छ । सरकारले संशोधन विधेयक तयार पारी आजै संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरेको छ । विधेयक फास्ट ट्रयाकबाट पारितको आश्वासन सरकारले राजपालाई दिएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

असार १४ को चुनाव सार्न माग गर्दै आएको राजपाले २ नम्बर प्रदेशको मात्रै भएपनि चुनाव सार्न माग गरेको थियो । तर सत्तारुढ दलहरुले सो प्रस्तावलाई अस्वीकार गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । राजपाले संविधान संशोधन, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, चुनाव मिति सार्नुपर्ने लगायतका माग अघि सारेको छ ।

तर, सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चुनावको मिति सार्न नसकिने प्रस्ट पार्दै बाँकी मागका विषयमा छलफल गर्दै जाने र संविधान संशोधन चुनावपछि पारित गराउने आश्वासन दिँदै राजपालाई चुनावमा भाग लिन आग्रह गरेका छन् । तर, राजपा नेताहरुले माग पूरा नभएसम्म चुनावमा नजाने अडान बताएका छन् । दुई पक्षीय शनिबारको छलफल पनि अनिर्णित बनेको थियो ।

राजपालाई असार १४ गतेको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन भन्दै सत्तारुढ दलहरुले प्रयास गरिरहेको छ । उसलाई चुनावमा सहभागी गराउन भन्दै संसदबाट स्थानीय निर्वाचन एेन समेत संशोधन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *