मत च्यात्नेलाई किन भोट : ओली

भक्तपुर न्यूज

२८ जेठ २०७४ ९:३३

मत च्यात्नेलाई किन भोट : ओली

नेपालगञ्ज, २८ जेठ ।  एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई नेपलागञ्जमा सम्बोधन गर्दै  १ नम्बर प्रदेशबाट एमाले अत्यधिक बहुमतसहित पहिलो पार्टी हुने बताए । उनले ७ नम्बर पनि पहिलो बन्ने र ५ नम्बरले त्यहि नतिजा दिनुपर्ने बताए ।
ओलीले २ नम्बर प्रदेशको सन्दर्भमा फरक परिणाम आउने भन्दै मधेसमा एमाले बढारिन्छ भन्नेहरुले जेठ १५ गतेपछि ‘मुटु थाम्न नसक्ने’ टिप्पणी गरे ।

उनले भने( मधेसमा एमाले बढारिन्छ भन्नेहरुलाई केही भन्नु छैन, मत गन्न थालेपछि थाहा हुनेछ एमाले बढारिन्छ कि एमालेले बढार्छ । उनले मधेसका जनतालाई प्रश्न गर्दै भने मधेसका जनता सधैं लडाई झगडा र आन्दोलन चाहान्छन् कि शान्ति र विकास चाहान्छन् रु यो प्रश्नको जवाफ जनताले चुनावबाट दिनेछन् । मधेसमा एमालेले जित्नेछ ।

ओलीले कांग्रेस र माओवादीलाई मत दिनुपर्ने कारण नरहेको दावी गरे । भरतपुरमा हार्ने निश्चित भएपछि कांग्रेस(माओवादीले बालुवाटारमा योजना बनाएर मतपत्र च्यातेको आरोप समेत उनले लगाए । ओलीले भने उनीहरुलाई मत किन दिने  मतपत्र च्यात्नका लागि दिने रु जनताले कांग्रेस माओवादीलाई भोट माग्न आउदा सोध्नुपर्छ हाम्रो मत च्यात्नेलाई किन भोट दिने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *