मानव अधिकारकर्मी श्रेष्ठको निधनमा इन्सेकद्वारा दुःख व्यक्त

भक्तपुर न्यूज

८ फागुन २०७९ १२:१६

मानव अधिकारकर्मी श्रेष्ठको निधनमा इन्सेकद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालको मानव अधिकार आन्दोलनका अभिभावक एवम् वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मथुराप्रसाद श्रेष्ठको निधनले दुःखी तुल्याएको इन्सेकले जनाएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी शोक वक्तव्यमा डा. श्रेष्ठ नेपालको मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा सदा जीवित रहने उल्लेख छ ।

‘नेपालको बाम–प्रजातान्त्रिक आन्दोलनका योद्धा डा. श्रेष्ठले २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बनेको अन्तरिम मन्त्रीमण्डलमा बाममोर्चाको प्रतिनिधित्व गर्नु भएको थियो’, वक्तव्यमा उल्लेख छ ।

२०६२–०६३ को जनआन्दोलनमा गणतन्त्र–संविधानसभा अभियानको नेतृत्व गर्दै देशका विभिन्न भूभागको भ्रमण गरी आन्दोलनप्रति वातावरण तयार पारेका श्रेष्ठले नेपाललाई नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्रलगायतका अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्षराष्ट्र बनाउन उनले उल्लेखनीय भूमकिा निर्वाह गरेका थिए ।

प्रकाशित मितिः २०७९ फागुन ०८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय