नेपाल राष्ट्र बैंकले पाँचवर्षे नागरिक बचत २०८४ निष्कासन गर्दै

भक्तपुर न्यूज

८ फागुन २०७९ ११:५६

नेपाल राष्ट्र बैंकले पाँचवर्षे नागरिक बचत २०८४ निष्कासन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचत २०८४ ‘क’ निष्कासन गर्ने भएको छ। सोमबार एक सूचना जारी गर्दै ५ वर्षे ‘नागरिक बचत २०८४’ फागुन १० गते देखि ३० गतेसम्म बिक्री खुला गर्ने र चैत ६ गते निष्कासन गर्ने जानकारी दिएको हो।

उक्त बचतमा निष्कासन हुने रकम २ अर्ब ५० करोड रहने छ। जसको ब्याजदर ११.५० प्रतिशत रहने छ। ब्याज भुक्तानी भने ६–६ महिनामा हुने छ। जुन इच्छुक व्यक्तिले कम्तीमा १० हजार रुपैयाँ खरीद गर्नसक्ने छन् भने बढीमा निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न सक्ने छन्।

जुनसुकै नेपाली नागरिकले यो बचत धितो राखी राष्ट्र बैंकबाहेक जुनसुकै बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिन र दिन सक्नेछन्। साथै इच्छुक खरिदकर्ताले नागरिक बचतपत्र खरिद गर्नका लागि राष्ट्र बैंकको वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन पेस गर्न सक्ने व्यवस्था रहेको छ।

331054421_6069672606388028_8464020631539779014_n1676891349.png

330897873_1555060358355042_3211426109648704259_n1676891349.png

प्रकाशित मितिः २०७९ फागुन ०८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय