नेकपा एमालेले फागुन १३ मा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने

भक्तपुर न्यूज

७ फागुन २०७९ १०:४८

नेकपा एमालेले फागुन १३ मा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने

काठमाडौं । नेकपा एमालेले फागुन १३ मा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनका लागि १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् । एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे ।

प्रकाशित मितिः २०७९ फागुन ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय