सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न

भक्तपुर न्यूज

५ फागुन २०७९ १२:०१

सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न

काठमाडौं । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।

भारतको मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा उपचारत कांग्रेस नेता एवम् गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको उनको उपचार समन्वयका लागि सँगै जानुभएका नेता योजराज कँडेलले जानकारी दिए । भण्डारीको अवस्था सामान्य रहेको छ ।

अब दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने कुरा ुअब्जर्भेशनु पछि मात्र निर्णय हुने उनले बताए । भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको कँडेलले जानकारी दिए ।

बुधवार राति काठमाडौंमा रहेको घरमा ग्यास चुहिएर भएको आगलागीमा परि गम्भीर घाइते बनेका भण्डारीलाई उपचारका लागि हिजो बिहीवार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो । त्यही घटनामा जलेर गम्भीर घाइते भण्डारीकी आमा हरिकला भण्डारीको हिजो बिहान निधन भएको थियो ।

प्रकाशित मितिः २०७९ फागुन ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय