भारतीय विदेश सचिव क्वात्रा र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता

भक्तपुर न्यूज

१ फागुन २०७९ ११:४१

भारतीय विदेश सचिव क्वात्रा र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेटेका छन् । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका विदेश सचिव क्वात्रा परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सकेर परराष्ट्र मन्त्रालय पुगेर मन्त्री पौड्याललाई भेटेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । ऊर्जामा सहयोग, व्यापार, पारवहन, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, कनेक्टिभिटी पूर्वाधारलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०७९ फागुन ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय