आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता, ‘फिल द एयर’ अफर सार्वजनिक

भक्तपुर न्यूज

१ फागुन २०७९ ९:२८

आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता, ‘फिल द एयर’ अफर सार्वजनिक

काठमाडौं । आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झाैता भएकाे छ । यी दुई कम्पनीले प्रणय दिवसको अवसर पारि फील द एयर नामक अफर सार्वजनिक गरेका हुन् । अफर अनुसार आईएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आईएमई पे एप मार्फत् काटेमा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुट‍ पाउने छन् ।

सीमित समयको लागि मात्र लागू भएको यस अफरमार्फत् प्रयोगकर्ताहरुले जीप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र बाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट पाउने भएका छन् । हरेक दिन एक भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ ( बेलुकी मात्र लागू हुने) टिकट जित्ने मौका रहेकाे आईएमई पे ले जनाएकाे छ ।

टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुने कम्पनीले जनाएकाे छ। अस्ति शनिवारदेखि आज बेलुकीसम्म आईएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउने भएका छन् ।

अफरको विजेताको घोषणा एवम् सम्पूर्ण जानकारी आईएमई पेको सामाजिक सञ्जालमा प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ।

प्रकाशित मितिः २०७९ फागुन ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय