बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा गस्ती

भक्तपुर न्यूज

२७ जेठ २०७४ ३:५१

बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा गस्ती

नेपालगन्ज, २७ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिंए सँगै बाँकेमा सुरक्षा कडा पारिएको छ । निर्वाचनका क्रममा जिल्लाको सुरक्षा चुस्त, दुरुस्त राख्नका लागि २४ घण्टा प्रहरीले गस्ती, चेकजाँच गरिरहेको छ ।

सीमामा नेपाल–भारतका सुरक्षाकर्मीहरुले संयुक्त सुरक्षा गस्ती गरिरहेका छन् । पैदल, साइकल, मोटरसाइकल र गाडीमा गस्तीलाई व्यापकता दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिप्रकाले जिल्लामा निर्वाचनका समयमा कुनै पनि अवाञ्छित र अपराधिक घटना नहोस् भन्ने उद्देश्यले गस्तीलाई तिव्रता दिएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *