ईएफएल कप : उपाधिका लागि म्यानचेस्टर युनाइटेड र न्यु क्यासल युनाइटेड भिड्ने

भक्तपुर न्यूज

१९ माघ २०७९ ११:०२

ईएफएल कप : उपाधिका लागि म्यानचेस्टर युनाइटेड र न्यु क्यासल युनाइटेड भिड्ने

काठमाडौं । म्यानचेस्टर युनाइटेड काराबाओ (इएफएल ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा युनाइटेडले नटिङघम फरेस्टलाई २-० गोलले हरायो ।

युनाइटेडको जितमा एन्थोनी मार्सियल र फ्रेडले गोल गर्नुभयो । मार्सियलले ७३औं र फ्रेडले ७६औं मिनेटमा गोल गर्नुभएको थियो । युनाइटेडले समग्रमा ५–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा युनाइटेड ३–० गोलले विजयी भएको थियो ।

उपाधिका लागि म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडसँग खेल्नेछ । न्युक्यासलले साउथह्याम्पटनलाई समग्रमा ३–१ गोलले हराएर फाइनलमा स्थान बनाएको हो । फाइनल खेल फेब्रुअरी २६ तारिख हुनेछ । एजेन्सी

प्रकाशित मितिः २०७९ माघ १९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय