भारतले घटायो नेपालका लागि बजेट, आर्थिक वर्षका लागि साढे ५ अर्ब दिने घोषणा

भक्तपुर न्यूज

१८ माघ २०७९ ११:५४

भारतले घटायो नेपालका लागि बजेट, आर्थिक वर्षका लागि साढे ५ अर्ब दिने घोषणा

काठमाडौं । आर्थिक वर्ष २०२३/२४ का लागि भारत सरकारले नेपालको बजेट कटौती गरेको छ । बुधबार आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै भारतकी वित्त मन्त्री निर्मला सीतारमणले नेपालका लागि यस वर्ष कुल ५ अर्ब ५० करोड भारु छुट्याएको बताइन् ।

यो अघिल्लो वर्षको भन्दा ३६.३६ प्रतिशतले कम बजेट हो । अघिल्लो आर्थिक वर्ष २०२२/२३ का लागि भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारु छुट्याएको थियो । यस्तै आर्थिक वर्ष २०२१/२२ का लागि भारत सरकारले नेपाललाई ४ अर्ब ४६ करोड भारु विनियोजन गरेको थियो ।

भारत सरकारले आर्थिक वर्षको बजेटमा विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट समेत विनियोजन गर्ने गर्छ । वैदेशिक अनुदान अन्तरगत भारतले यस वर्ष पनि सबैभन्दा बढी बजेट भुटानका लागि छुट्याएको । भुटानले २४ अर्ब भारु सहायता पाउने भएको छ ।

यस्तै, अफगानिस्तान र बंगलादेशले समान २ अर्ब भारु पाउने भएका छन् भने माल्दिभ्यस र म्यानमारले समान ४ अर्ब भारु, श्रीलंकाले १ अर्ब भारु र मंगोलियाले ७ करोड भारु सहायता पाउने भएका छन् । अन्य अफ्रिकी मुलुकहरुलाई भने यस वर्ष भारतले २ अर्ब ५० अर्ब भारु सहायता छुट्याएको छ ।

प्रकाशित मितिः २०७९ माघ १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय