संसदमा रघुजी पन्त र शक्ति बस्नेतको भनाइमा ज्ञानेन्द्र शाहीको नियमापत्ति

भक्तपुर न्यूज

१८ माघ २०७९ ९:३१

संसदमा रघुजी पन्त र शक्ति बस्नेतको भनाइमा ज्ञानेन्द्र शाहीको नियमापत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ। बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नियमापत्ति जनाएका छन्।

दुवै सांसदले संविधान कार्यान्वयनको विषय, धर्म निरपेक्षताको विषयलाई उठाएसँगै शाहीले नियमापत्ति जनाए। उनले सीता नेपालकी छोरी, विश्वको प्रशिद्ध ग्रन्थ बेद नेपालको भन्दै कोही नास्तिक नहुने दावी गर्दै संविधान संशोधनीय भएको बताए।

धर्म निरपेक्षताको विषयमा भएको बहसलाई किन सार्वजनिक गरिएन भन्दै प्रश्न गरे। शाहीले नियमापत्ति जनाएपछि बोल्न खोजेका सांसद शक्ति बस्नेत र नेकपा एमालेका सांसद रघुजी पन्तलाई सभामुखले बस्नुहोस् भन्दै रोकेका थिए।

प्रकाशित मितिः २०७९ माघ १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय