दैलेखको दुल्लु नगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

भक्तपुर न्यूज

१६ माघ २०७९ ९:३१

दैलेखको दुल्लु नगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । दुल्लू नगरपालिका र बीमा प्राधिकरणबीच बीमा सचेतना तथा कार्यक्रम सम्पन्न भएको छ। बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रम हिजो सम्पन्न भएको हो ।

नगर प्रमखु भरत प्रसाद रिजालको प्रमुख अतिथि, अतिथिद्धय उप प्रमुख बिना कार्की र प्रमुख प्रशासकिय नेपालको र उक्त नगरपालिकाको स्थानीयहरुको उपस्थिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमखु भरत प्रसाद रिजालले बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा हुने सुस्ता हटाई छिटो छरिटो रुपमा बीमा गराउन प्राधिकरणलाई निर्देशन दिएको छन् ।

कार्यक्रममा उपस्थित स्थानीयहरुले बीमा क्षेत्रलाई सुधारन्मुख बनाउनको लागि बीमा अभिकर्ताहरुलाई तालिम प्राप्त र नैतिक बनाउन र बीमा कमपनीहरुलाई थप उत्तरदायित्व बनाउन सुझाव दिएका थिए ।

त्यस्तै, कृषि बीमामा भएका समस्याहरु सुनाउदै स्थानीहरुले कम्पनीहरुलाई थप उत्तरदायित्व गराउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् । कार्यक्रमको समापन बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले गरेका थिए ।

प्रकाशित मितिः २०७९ माघ १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय