पेट्रोलियम पदार्थको खरिद मूल्य बढेको भन्दै डिजेल र मट्टितेलको मूल्यमा वृद्धि

0

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो।

मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ। यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो। पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ। पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १८१ रुपैयाँ , हवाई इन्धन (आन्तरिक) को १९०रुपैयाँ , हवाई इन्धन (बाह्य)को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० रुपैयाँ कायमै छ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ। आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ।

मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ। एलपी ग्यासमा अझै प्रतिसिलिन्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ। निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ। मूल्य समायोजनपश्चात् पनि एक महिनामा ६१ करोड रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ।

आइओसीलाई २१ अर्ब तिर्न बाँकी

पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ। लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधवार सम्म करिब २१ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ।

आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतीपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ।

सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई सात अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो। पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैङ्कबाट समेत तीन अर्ब रुपैयाँ ऋण लिएको थियो।

प्रकाशित मितिः २०७९ माघ १२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション