आयरल्याण्डबाट एसएसडिआरजीलाई सहयोग प्रदान
भक्तपुर, २६ जेठ । आयरल्यान्डमा रहेको ‘द एभरेष्ट नेपाल र काठमाडौं किचन एण्ड दिवाली रेष्टुरेन्ट’ले नेपालमा रहेको अटिजम सम्बन्धीत सामाजिक संस्था र स्कुल तथा पुनःस्थापना केन्द्र एसएसडिआरजीलाई एक लाख ८३ हजार रुपैयाँ सहयोग गरेको छ । द एभरेष्ट नेपालले १ लाख ३६ हजार र काठमाडौं किचनले ४६ हजार रुपैयाँ संस्थाका सञ्चालक सविता उप्रेतीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।
सहयोग संकलनको संयोजन द एभरेष्ट नेपाल आयारल्याण्डका संयोजक देवराज कोइराला र ईश्वर भण्डारीले गरेको सञ्चालक उप्रेतीले जानकारी दिईन् । नवराज कोइराला र गणेश प्रसाईले पनि सहयोग संकलनमा भूमिका खेलेका छन । नेपालमा बसेर सहयोग अभियानमा भूमिका खेलेका पुष्पराज कोइरालाले सहयोग हस्तान्तरण गरेको उनले बताईन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५