गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गरेका आचार्यको परिवार
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन्।
कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेटेका हुन्। हिजो मंगलबार संसद् भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा निधन भएको थियो।
यसअघि आजै बिहान सामाजिक सञ्जालमा लामिछानेले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका थिए।
प्रकाशित मितिः २०७९ माघ ११ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
