आज सुनको भाउ ४ सयले घट्यो
काठमाडौं, २६ जेठ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५५ हजार ४ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ७० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
