अस्ट्रेलियन ओपनको सेमिफाइनलमा सावालेन्का र मग्दा भिड्ने

भक्तपुर न्यूज

११ माघ २०७९ ९:१६

अस्ट्रेलियन ओपनको सेमिफाइनलमा सावालेन्का र मग्दा भिड्ने

काठमाडौं । क्रोएसियन खेलाडी डोना भेकिचलाई सोझो सेटमा पराजित गर्दै बेलारुसकी आर्यना सावालेन्काले अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान बनाएकी छन्।

त्यस्तै, पोल्यान्डकी मेग्दा लिनेटेले क्यारोलिन प्लिसकोभालाई पराजित गर्दै विश्व नम्बर पाँच सावालेन्कासँगको सेमिफाइनल भेट पक्का गरेकी छन्। सावालेन्काले मेलबर्नस्थित रोड लेभर एसियमा भएको क्वाटरफाइनलमा ६-३ र ६-२ को जित निकाल्दै जित पक्का गरिन्।

वर्षको पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्मको यात्रा तय गर्ने क्रममा सावालेन्काले पछिल्ला पाँच खेलमा कुनै पनि सेट गुमाएकी छैनन्। सावालेन्काले जारी सिजनका ९ खेलमा पराजित हुनु परेको छैन। केही समयअघि उनले एडिलेड ओपन जितेकी थिइन्।

अब सावालेन्काले सेमिफाइनलमा पोल्यान्डकी मेग्डा लिनेटको सामना गर्ने छन्। लिनेट चेक रिपब्लिककी कारोलिना प्लिसकोभालाई ६-३ र ७-५ को सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेकी हुन्।

प्रकाशित मितिः २०७९ माघ ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय