हराएको विमान दुर्घटनाग्रस्त भेटियो
एजेन्सुी, २५ जेठ । चालक दलका सदस्यसहित १२० जना सवार म्यानमारको एक सैनिक विमान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
म्यानमारको मुख्य सैनिक हवाई अड्डाका अनुसार हिजो सम्पर्कविहीन भएको विमानको केही टुक्रा अन्दामन समुद्रमा भेटिएको बिबिसीले जनाएको छ । जल सैनिकले समुद्रमा खसेको विमानको भग्नावशेष खोजिरहेको खबरमा उल्लेख छ ।
विमानमा १४ जना चालक दलका सदस्य र १ सय ६ जना सैनिकका आफन्त तथा परिवार सवार थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । म्यानमारको राजधानी रंगुनबाट मेइक शहरका लागि उडेको विमान दुर्घटनामा परेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
