वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे प्रधानमन्त्री प्रचण्ड

भक्तपुर न्यूज

३ माघ २०७९ ९:०४

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ललितपुरस्थित सुमेरु अस्पताल पुगेका छन् ।

प्रचण्ड मंगलबार पुनको स्वास्थ्य स्थितिबारे जानकारी लिन सुमेरु पुगेका हुन् । यसअघि गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो ।

पुनले यसअघि सुरुमा थाइल्यान्ड र पछि चीनमा उपचार गराएका थिए । चुनावलगत्तै पुन चीन पुगेर स्वास्थ्यलाभ गरी फर्किएका थिए ।

प्रकाशित मितिः २०७९ माघ ०३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय