मेयर बालेन साहले पनि मागे व्यक्तिगत सुरक्षाकर्मी

भक्तपुर न्यूज

२९ पुष २०७९ ११:३६

मेयर बालेन साहले पनि मागे व्यक्तिगत सुरक्षाकर्मी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथि सुरक्षा खतरा बढेको खुलेको छ । महानगरको सुरक्षा समितिले उनीमाथि सुरक्षा खतरा बढेको भन्दै दुई महिना पहिले पिएसओ माग गरेको खुलेको हो ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले दुई महिनाअघि नै गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग गरेको बताए ।

“हाम्रो सुरक्षा समितिले दुई महिना पहिले पिएसओ माग गर्दै पत्र पठाएको थियो । तर गृहबाट जवाफ पाएका छैनौँ,” शाहले भने ।

हाल बालेनको सुरक्षामा महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली खटिने गरेको छ । तर प्रशासनबाटै सुरक्षा पाउनुपर्ने भन्दै पिएसओ माग गरेको स्वकीय सचिव शाहले बताए ।

प्रकाशित मितिः २०७९ पुष २९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय