कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन १ माघमा हुने

भक्तपुर न्यूज

२५ पुष २०७९ ११:१७

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन १ माघमा हुने

सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि १ माघमा निर्वाचन हुने भएको छ ।सोमबार बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुखको निर्वाचन गर्ने मिति तोकेको हो ।

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेको जानकारी दिए । उनले प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन् ।

प्रदेश सभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्ने भएको छ ।

प्रकाशित मितिः २०७९ पुष २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय