भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङका साइट र एपलाई ‘ब्लक’ गर्न निर्देशन

भक्तपुर न्यूज

२५ पुष २०७९ १०:४७

भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङका साइट र एपलाई ‘ब्लक’ गर्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाईन जुवा लगायत गैरकानुनी काम र आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई ‘ब्लक’ गर्न निर्देशन दिएको छ ।

सोमबार इन्टरनेट सेवा प्रदायकहरुलाई एक निर्देशन जारी गर्दै प्राधिकरणले नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको बताएको छ ।

गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप र अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नेपालबाट पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको प्राधिकरणले बताएको छ ।

‘प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बधित सबैलाई जानकारी गराइन्छ,’ प्राधिकरणले सूचनामा भनेको छ ।

प्रकाशित मितिः २०७९ पुष २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय