सेयर बजारमा १८.०९ अंकको वृद्धि, ५ अर्बभन्दा बढीको कारोबार

भक्तपुर न्यूज

२१ पुष २०७९ १०:१२

सेयर बजारमा १८.०९ अंकको वृद्धि, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । पछिल्लो समय उकालो यात्रामा लागेको नेप्से परिसूचक एक सातामै ११४.८३ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार २०२९ विन्दुमा रहेको नेप्से एक सातापछि आज २१४३.९४ विन्दुमा रोकिएको हो । बुधबारको तुलनामा नेप्से परिसूचक १८ अंकले बढेको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । लामो समयपछि कारोबार रकम पाँच अर्ब कटेको छ । आज पाँच अर्ब चार करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबारको कारोबार तुलनामा आजको कारोबार रकम एक अर्ब ५३ करोड रुपैयाँ बढेको छ ।

आज २५९ धितोपत्रको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता कारोबार भएको छ । चन्द्रागिरि हिल्ससहित पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज सर्वाधिक रकमको सेयर कारोबार हिमालयन डिष्टिलरीको भएको छ । यो कम्पनीको ४३ करोड १९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहको परिसूचकमध्ये वाणिज्य बैंकको ०.३४ प्रतिशत र ‘अन्य’ समूहको ०.८७ प्रतिशतले परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक ५.७५ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मितिः २०७९ पुष २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय