३५ जना चालकलाई फिर्ता नबोलाउन गृहलाई प्रधानमन्त्री कार्यालयको आग्रह

भक्तपुर न्यूज

२१ पुष २०७९ ८:०६

३५ जना चालकलाई फिर्ता नबोलाउन गृहलाई प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास लगायत विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

व्यक्तिगत सुरक्षा, चालक वा सहयोगीको रूपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन शाखाका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेले गृह मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ, ‘प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्र.म. निवास), बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ ।’

त्यस्ता सवारी चालकहरुको नामावली नै गृहमन्त्रालयमा पठाइएको छ । नामावलीमा १३ जना प्रहरी जवान र १४ जना प्रहरी हबल्दार छन् । ४ जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी वरिष्ठ हबल्दार र एक जना प्रहरी सहायक हबल्दार रहेका छन् ।

प्रकाशित मितिः २०७९ पुष २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय