आर्यन सिग्देल निर्देशक भट्टराईको नयाँ फिल्ममा अनुबन्धित
काठमाडौं । अभिनेता आर्यन सिग्देल निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो ।
लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन् । चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए । नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । चलचित्र पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ ।
प्रकाशित मितिः २०७९ पुष २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
