रोल्पाको एक विद्यालयमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरकाे क्षति

भक्तपुर न्यूज

१७ पुष २०७९ १०:१०

रोल्पाको एक विद्यालयमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरकाे क्षति

रोल्पा । पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका-६ बाजबोट गाउँमा रहेको भानु आधारभूत विद्यालयमा शनिबार राति आगलागी भएको छ। आगलागीबाट विद्यालयको मुख्य कार्यालयभित्र रहेका सामग्री जल्दा करिब १० लाख क्षति भएको स्थानीयले दाबी गरेका छन्।

कार्यालयका कागजात, कम्प्युटर र अन्य सामग्री आगलागीबाट नष्ट भएका छन्। स्थानीय दुर्योधन रानाले अज्ञात समूहबाट विद्यालयमा आगलागी गरेको हुनसक्ने बताए। प्रहरीले यसबारे अनुसन्धान गरिरहेकोजनाएको छ।

उक्त विद्यालय गाउँपालिका केन्द्र रहेको जुगारको नेर्पाबाट करिब १५ मिनेटको पैदल दूरीमा रहेको छ। विद्यालय गाउँको माथिल्लो र जंगलको तल्लो भागमा पर्छ।

वडा अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार अज्ञात व्यक्ति वा समूहबाट भएको आगलागीबाट विद्यालयमा थू क्षति भएको छ। आगलागीमा संलग्नको खोजी थालिएको उनले बताए। उनले प्रहरीलाई दोषी पत्ता लगाई कानुनी कारवाही गर्न निर्देशन गरिएको बताए । गाउँपालिकाको बैठकद्वारा उक्त घटनाको छानबिन गर्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए।

उनले अघिल्लो वर्ष पनि उक्त वडाको काउलाबोट विद्यालयमा पनि आगलागी गराइएको जानकारी दिए। आगलागीबाट विद्यालयका महत्त्वपूर्ण सामानमा क्षति पुगेको थियो भने त्यस घटना लगत्तै कम्प्युटर समेत चोरी भएको थियो।

प्रकाशित मितिः २०७९ पुष १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय