मधेस प्रदेशसभाः माओवादीका दुई जना सांसद शपथ ग्रहणबाट वञ्चित

भक्तपुर न्यूज

१५ पुष २०७९ ११:२९

मधेस प्रदेशसभाः माओवादीका दुई जना सांसद शपथ ग्रहणबाट वञ्चित

जनकपुरधाम ।  मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना समानुपातिक सांसद शपथ ग्रहणबाट वञ्चित भएका छन्। सांसदद्वय मालाकुमारी कर्ण र मो। रजी हैदर सर्वोच्चको अल्पकालीन आदेशका कारण शपथ लिनबाट वञ्चित भएका हुन्।

दुवै जनालाई प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतका बाँकी निर्णय र काम कारबाही कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतबाट आदेश भएकोले शपथ ग्रहणबाट वञ्चित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतको बाँकी निर्णय र काम कारबाही कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतबाट मंसिर २९ गतेको अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो।

समानुपातिक सूचीमा वर्णानुक्रम नमिलेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएपछि दुबै जनाको शपथ रोकिएको हो।

प्रकाशित मितिः २०७९ पुष १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय