हाँस्यव्यङग्य टेलिश्रृङखला ‘खासखुस’ अब कान्तिपुरबाट प्रसारण हुने
काठमाडौं, २३ जेठ । आमा अग्नि कुमारी मिडियाले निर्माण गरेको हाँस्यव्यङग्य टेलिश्रृङखला ‘खासखुस’ अब कान्तिपुर टेलिभिजनबाट प्रत्येक बिहिबार साढे सात बजे प्रसारण हुने भएको हो । लामो समय टेलिभिजनबाट टाढिएका केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)लाई सो टेलिश्रृङखला मार्फत दर्शकले देख्न पाउने भएका छन् ।
यसका साथै ‘खासखुस’मा सुनिता गौतम (मैयाँ), सीता घिमिरे, अरुणा कार्की, अजय रेग्मी, पुनम भण्डारी, सम्रिक खत्री, एस के दाहाल, सुदिप खतिवडा, यमन श्रेष्ठ, सन्देश लामिछाने, नरेन्द्र कंसाकार लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
केदार घिमिरेको परिकल्पनामा निर्माण भएको ‘खासखुस’का निर्देशक सन्देश लामिछाने हुन् । यस अघि ‘खासखुस’ युट्युब मात्र सिमित थियो । तर युट्युबमा पनि यसले दर्शकको राम्रो साथ र माया भने पाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
