पर्यटन व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी निर्वाचित
काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघको चौथो साधारण सभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न सभाले संघको अध्यक्षमा निराजन तिवारीलाई निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती, कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना तथा सदस्यहरुमा राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदिप श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा लागि परेका विभिन्न संस्थाको नाम फरक भए पनि उद्देश्य भने एकै रहेकाले सहकार्यमा जोड दिए । आगामी दिनहरुमा पर्यटन प्रवद्र्धनलगायतका कार्यहरुमा नेपाल पर्यटन विकास व्यवसायी संघसँग सहकार्य रहिरहने उनले बताए ।
श्रेष्ठले पर्यटन क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण लगानी रहेकाले यसलाई जोगाउन सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा समेत जोड दिए ।
प्रकाशित मितिः २०७९ पुष १३ बुधबार
