केएफसीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक
काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरूले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रूपैयाँसम्मको) क्यास ब्याक पाउने भएका छन् । यो अफर नेपालभरिका केफसीका आउटलेटहरूमा यही पुस २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्ट्याटिक क्यूआरको रूपमा हालै उक्त रेस्टुरेन्टमा जडान भएको नेपालपे क्यूआरका ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । केएफसीमा नेपालपे क्यूआरको सेवा सनराइज बैंकको सहकार्यमा सुचारु गरिएको हो । केएफसीमा अब उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।
हाल नेपालपे क्यूआरको सुविधाए भरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, एमओआरयू र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध छ भने अन्य बैंक तथा वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुनेछ । भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्यूआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन भने गर्नुपर्ने हुन्छ ।
प्रकाशित मितिः २०७९ पुष १२ मंगलबार
