६ महिनाभित्र बियरको खाली बोतल हटाउन दोर्दी गाउँपालिकाको निर्देशन

भक्तपुर न्यूज

११ पुष २०७९ १०:१२

६ महिनाभित्र बियरको खाली बोतल हटाउन दोर्दी गाउँपालिकाको निर्देशन

काठमाडौं । दोर्दी गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका बियरलगायत सिसाका खाली बोत्तल आगामी ६ महिनाभित्रमा नहटाएमा बियर बिक्री वितरण गर्न रोक लगाउने गाउँपालिकाले निर्णय गरेको छ । दोर्दी गाउँपालिका-४ नौथर सेरामा बसेको गाउँपालिकाको आठौं  गाउँपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरुका बियर लगायत अन्य सिसाका बोत्तलमा ल्याइएका पेय पदार्थहरूको बोत्तलले गाउँपालिकाका बजार कुरुप बन्दै गएकाले ६ महिनाभित्रमा हटाई सक्नुपर्ने वा फिर्ता लैजाउनु पर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

त्यस्तै, सो बैठकले गाउँपालिकाको गाउँसभा आगामी  २८ र २९ पुस गर्ने निर्णय गरेको छ । लिपे मेमेपोखरी पदमार्ग निर्माण गर्न, फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने स्थल निर्माण, गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल भवन निर्मााण गर्न आवश्यक जग्गा माग गर्न, राष्ट्रिय योजना आयोगमा पेश गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

एउटा चारपाङ्ग्रे सवारी साधन कार्यालय प्रयोजनका लागि भाडामा लिने निर्णय गरेको छ । सो बैठकले मौरी पकेट क्षेत्रका लागि वडा नं. ९ हिले टक्सार र लघु उद्यम विकास कार्यक्रमको लागि वडा नं. ८ बन्सारलाई छनौट गर्ने निर्णय गरेको छ ।

त्यस्तै, गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरु पालिकामा दर्ता गराउने, गाउँपालिकामा मालि राख्ने, दिर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने, जग्गा बर्गिकरण गर्ने, पालिकाले प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्ने लगायत १८ वटा निर्णयहरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले बताए ।

प्रकाशित मितिः २०७९ पुष ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय