बालुवाटारबाट निस्किएलगत्तै माधव नेपालले बोलाए पदाधिकारी बैठक

भक्तपुर न्यूज

१० पुष २०७९ ११:०७

बालुवाटारबाट निस्किएलगत्तै माधव नेपालले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर छलफल जारी राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक भर्खरै सुरु भएको एक केन्द्रीय सदस्यले बताए । बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी छन् ।

माओवादी केन्द्र गठबन्धन टुटेको भन्दै एमालेसँग संवाद अघि बढाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।

प्रकाशित मितिः २०७९ पुष १० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय