चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिँदै
काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै साँझ फ्रान्स डिपोर्ट गरिन लागेको छ । नेपालको जेलमा १९ वर्ष दुई महिना बिताएका शोभराज थुनामुक्त भएसँगै साँझ ६ बजे डिपोर्ट गरिन लागेको हो ।
बिहीबार केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेका उनलाई अध्यागमन विभागले लगेको थियो । अहिले अध्यागमन विभागमा रहेका शोभराज साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस पुग्नेछन् ।
प्रकाशित मितिः २०७९ पुष ०८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
