तलब भत्ता विपद पीडितका लागि खर्च गर्ने सांसद बजगाईंको घोषणा

भक्तपुर न्यूज

७ पुष २०७९ ११:२७

तलब भत्ता विपद पीडितका लागि खर्च गर्ने सांसद बजगाईंको घोषणा

गोरखा । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले आफूले पाउने पारिश्रमिक निर्वाचन क्षेत्रमा विपद पीडितहरूका लागि खर्च गर्ने घोषणा गरेका छन्।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिएसँगै बजगाईंले पारिश्रमिक विपदमा परेकाहरूलाई उपचारलगायतमा खर्च गर्ने बताए। बजगाईं निर्वाचित गोरखा १ का अधिकांश भूगोलमा सडक पहुँच पुगेको छैन।

चुमनुब्री, धार्चे गाउँपालिकाका विकट क्षेत्रमा बिरामी तथा घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता छ। बजगाईंले लामो समयदेखि गोरखाका बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्न समन्वय गर्दै आएका छन्।

‘आज मैले सांसदको शपथ लिइरहँदा गोरखा १ को भूगोल सम्झिएँ। त्यहाँका जनताका दु:ख सम्झिएँ। त्यसैले सांसदका लागि आउने पारिश्रमिक मैले गोरखा १ मा विपदमा परेकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छु,’ उनले भने।

उनले मतदाता धन्यवाद अभियानअन्तर्गत हालै गोरखा १ मा पर्ने ५६ वडाका लागि एक-एक वटा स्टेचरसमेत सहयोग उपलब्ध गराएका थिए।

प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय