हुस्सुका कारण तराईका हवाइ सेवाहरू प्रभावित

भक्तपुर न्यूज

७ पुष २०७९ ९:०४

हुस्सुका कारण तराईका हवाइ सेवाहरू प्रभावित

काठमाडौं । एक्कासि हुस्सु बढेसँगै बिहीबार विभिन्न स्थानमा हवाइ सेवा अवरुद्ध भएको छ ।  तीमध्ये कतिपय स्थानमा भिजिबिलिटी बढेपछि उडान सुरु भएको छ भने तराई क्षेत्रका विमानस्थलमा अझै उडान हुनसकेको छैन।

बिहान त्रिभुवन विमानस्थलसहित पहाडी क्षेत्रमा उडान अवरुद्ध भए पनि अहिले खुलिसकेका छन्। तर तराई क्षेत्रमा भने अझै उडान हुन नसकेको हो। बुद्ध एयरले भैरहवा, राजविराज, जनकपुर र सिमरामा अझै उडान हुन नसकेको जानकारी दिएको छ।

बढी उडान हुने काठमाडौंसहित पोखरा विमानस्थलमा उडान भइरहेको छ। यति एयरलाइन्सका अनुसार ३ बजेसम्म डेमो उडान गर्न लागेको जनाएको छ।

प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय