एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

भक्तपुर न्यूज

४ पुष २०७९ ८:५९

एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा नवनिर्वाचित सांसदहरूको बैठक बसिरहेको हो ।

जारी बैठकमा निर्वाचनपछिको राजनीतिक अवस्था, गठनबन्धनको निरन्तरता, नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।
यसअघि सोमबार नै एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका थिए ।

पार्टी केन्द्रीय आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जितेको छ । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।

प्रकाशित मितिः २०७९ पुष ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय