धादिङको त्रिपुरासुन्दरीमा दम्पतीको हत्या आरोपमा दुई जना किशोर पक्राउ

भक्तपुर न्यूज

१ पुष २०७९ १०:१९

धादिङको त्रिपुरासुन्दरीमा दम्पतीको हत्या आरोपमा दुई जना किशोर पक्राउ

 धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए ।

दम्पतीको हत्यामा संलग्न आरोपमा त्रिपुरासुन्दरी–३ घर भएका १५ र १३ वर्षका बालकलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयकी डीआइजी किरण बज्राचार्यले बताइन् । ​ मंसिर २६ मा बिहान ८ बजे दम्पती मृत अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय धादिङ र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घटनाबारे अनुसन्धान गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट आरोपीहरुले मोबाइल लिनका लागी हत्या गरेको थाहा भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्याम बहादुर खत्री भन्छन्–‘मोबाइलको लागी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ, थप अनुसन्धान गर्दै छौं ।’

त्रिपुरासुन्दरी गाउँपालिका–३ भदौरे घर भएका ३ जनालाई प्रहरीले निगरानीमा राखेर सोधपुछ गरिरहेको छ ।

प्रकाशित मितिः २०७९ पुष ०१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय