भरतपुर काण्डको आज सुनुवाई

भक्तपुर न्यूज

२२ जेठ २०७४ १:०६

भरतपुर काण्डको आज सुनुवाई

काठमाडौं, २२ जेठ । भरतनगर महानगरपालिका वडा नं १९ को मतगणना बदर गर्दै पुनः मतदान गर्ने निर्वाचन आयोगको शनिबारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाई हुने भएको छ । पुनःमतगणना गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै भरतपुर महानगरपालिका वडा नं १९ का एमाले वडासदस्य प्रत्यासी गुञ्जमान विक र सोही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दायर गरेका हुन् ।

पुनःमतदानको निर्णय खारेज गर्न माग गर्दै दायर रिटमा आयोगले सत्ता पक्षको प्रभावमा भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको आरोप लगाइएको छ। निर्वाचन आयोगले सुरुदेखि नै भरतपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री छोरी रेणुलाई मेयरमा विजयी गराउन लागि परेको रिटमा उल्लेख छ। पुनः मतदानको निर्णयले भविष्यमा निर्वाचन आयोगको स्वतन्त्रता कमजोर हुने, सत्ताको दबाब पर्ने र विपक्षी दलका उम्मेद्वारको सुरक्षा नहुने रिटमा दाबी गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं। १९ को मतगणना भइरहँदा माओवादीका बुथ प्रतिनिधिले जेठ १४ गते मध्यरात मतपत्र च्यातेका थिए। भरतपुरमा २९ वडा छन्। मतपत्र च्यातिँदा २७ वडाको परिणाम आइसकेको थियो। १९ नं। वडाको मतगणना सकिँदा माओवादीकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँग उल्लेख्य मत संख्या घटाउने अपेक्षा थियो। तर ज्ञवालीसँग अन्तिमसम्म ७ सय ३३ मतको अन्तर देखिएपछि माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय