‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक

भक्तपुर न्यूज

२८ मंसिर २०७९ ११:३८

‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द डा. राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत अनिश श्रेष्ठको रहेको छ । प्रेमिल शैलीको यस गीतलाई गुरुङ कुमारले संगीत संयोजन गरेको हो ।

म्युजिक भिडियोमा नायक पुष्प खड्का र समारिका ढकालबीचको अन्स्क्रिन प्रेमलाई देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेको हो । रनिकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

प्रकाशित मितिः २०७९ मंसिर २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय