मंगलबार सेयर बजारमा गिरावट, कारोबार रकम ७७ करोड ७० लाखमा सीमित

भक्तपुर न्यूज

२७ मंसिर २०७९ १०:५७

मंगलबार सेयर बजारमा गिरावट, कारोबार रकम ७७ करोड ७० लाखमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य घटेको छ। मंगलबार नेप्से २.५७ अंक घटेर १८९९.७० विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३६ करोडको सेयर कारोबार भएकोमा मंगलबार २४८ स्टकको १६ हजार ३२० पटकको कारोबारमा ७७ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको २० लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, सेन्सेटिभ इन्डेक्स १.६३ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंक, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३३ अंक घटेको छ। नेप्से घटेपनि यस दिन सीवाईसी लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ

। यस लघुवित्तको सेयरमूल्य मंगलबार २०५ रुपैयाँ ४० पैसा बढेर २ हजार २६० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सान्जेन जलविद्युतको सेयरमूल्य ७.७३ प्रतिशत बढेको छ।

मंगलबार अपर तामाकोशीको ५ प्रतिशतभन्दा बढी बढेको छ। तेह्रथुम पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो भने बाँकी उपसमूहको परिसूचक घटेको हो। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार नबिल बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकमको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित मितिः २०७९ मंसिर २७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय