संसद बैठक मंगलबारसम्म स्थगीत, रोकियो प्रधानमन्त्री चयन प्रक्रिया
काठमाडौं २१ जेठ। व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे प्रमुख तीन दलका शीर्ष नेताहरुको आज बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा सुरु भएको बैठकमा कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरु सहभागि रहेका थिए ।
भरतपुर महानगरको वडा नं। १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गर्दै एमालेले अवरोध गर्ने बताएपछि विहान ११ बजेका लागि बोलाइएको संसद बैठक ३ बजेका लागि सारिएको थियो । तर ३ बजे भने संसद बैठक नै नबसि आगामी मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगीत गरिएको छ ।
आजको बैठक स्थगीतपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया पनि रोकिएको छ । हिजो मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफनो उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारसँगै आज बस्ने भनिएको संसद बैठकबाट प्रधानमन्त्री चयन गर्ने कायृक्रम तय भएको थियो । तर नेकपा एमालेले भरतपुरको घटनाका बिषयमा संसल अबरुद्ध गर्ने चेतावनी दिएसँगै आजको संसद बैठक बस्न नसकेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।