पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो

भक्तपुर न्यूज

२६ मंसिर २०७९ १०:४४

पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो

काठमाडौं । पाकिस्तानले इंग्ल्यान्ड विरुद्धको तीन खेलको घरेलु सिरिज २-० ले गुमाएको छ। पाकिस्तान भ्रमण गरिरहेको इंग्ल्यान्ड टिमले ३ टेस्टको सिरिज एक खेल अगावै जितेको हो। पाकिस्तानलाई २६ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो। इंग्ल्यान्डले यसअघि पाकिस्तानलाई उसकै मैदानमा २००१ मा पराजित गरेको थियो।

इंग्ल्यान्डसँगको सिरिज गुमाएसँगै पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडबाट समेत बाहिरिएको छ। अङ्क तालिकामा पाकिस्तान ४२.४२ प्रतिशत अङ्क रहेको छ। जबकि इंगल्यान्ड जितसँगै पाँचौँ नम्बरमा उक्लिएको छ। उसको ४४.४४ प्रतिशत अङ्क रहेको छ। अस्ट्रेलिया पहिलो, दक्षिण अफ्रिका दोस्रो, श्रीलंङ्का तेस्रो र भारत चौंथो नम्बरमा रहेको छ।

सोमबार मुल्तानमा भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई जितका लागि ३ सय ५५ रनको लक्ष्य दिएको थियो। तर पाकिस्तानलाई ३ सय २८ रनमा समेटिएपछि लगातार दोस्रो खेलमा जित निकाल्दा इंग्लिस टिम सफल रह्यो।

त्यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा २ सय ८१ रन बनाउँदा दोस्रो इनिङमा २ सय ७५ रन बनाएको थियो। पाकिस्तानले भने पहिलो इनिङमा २०२ रन बनाउँदा पाकिस्तानले ३ सय २८ रन बनाएको थियो।

प्रकाशित मितिः २०७९ मंसिर २६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय