उपेन्द्र यादव नेतृत्वको फोरमको देउवा सरकारलाई समर्थन
काठमाडौं २१ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने नहुने भन्नेबारे फोरमले निर्णय गरेको छैन ।
फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले भने, ‘देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौं, अहिले यतिमात्रै बुझ्नुस् ।’ संसदमा आफूहरु प्रतिपक्षको बेञ्चमा नबसी सत्ता पक्षको बेञ्चमा बस्ने यादवले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००