एमाले सचिवालय बैठक स्थगित

भक्तपुर न्यूज

२३ मंसिर २०७९ ७:३२

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। समानुपातिक सांसद छनोट गर्न शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए। उनका अनुसार अर्को बैठकको टुंगो लागिसकेको छैन।

एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

प्रकाशित मितिः २०७९ मंसिर २२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय