विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदै

भक्तपुर न्यूज

२३ मंसिर २०७९ ७:२१

विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् ।

आज दुई क्वाटरफाइनल खेलहरु हुनेछन् ।

राति पौने ९ बजे सुरु हुने पहिलो क्वाटरफाइनलमा पाँच पटकको विजेता ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

प्रि–क्वाटरफाइनलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ तथा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ ले हराएका थिए ।

यस्तै, दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

यी दुवै टोली पनि जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

प्रि–क्वाटरफाइनलमा अष्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो भने अमेरिकालाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित मितिः २०७९ मंसिर २२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय