काभ्रेमा बस दुर्घटना हुँदा २६ जना घाइते
काभ्रे, २१ जेठ । काठमाडौंबाट काभ्रेको कोशीपारीका लागि छुटेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान बस सडकबाट झन्डै २० मिटर तल खसेको थियो । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
