भरतपुर घटनामा आयोगको निर्णय उपयुक्त : मन्त्री नायक

भक्तपुर न्यूज

२१ जेठ २०७४ ४:५५

भरतपुर घटनामा आयोगको निर्णय उपयुक्त : मन्त्री नायक

भक्तपुर २१ जेठ । कानूनमन्त्री अजयशंकर नायकले भरतपुर घटनाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय नै उपयुक्त भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले स्वतन्त्र र अधिकारप्रत्याभुत गरिएको निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताए ।

उनले एमालेले पनि आयोगको निर्णय स्वीकानुपर्ने धारणा राखेका छन् । विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण भएकोले अहिले निर्वाचनमा पनि फेरी मतदान गर्दा कुनै शंका गर्न नहुँने बताउँदै एमालेले गरेको विरोध अर्थहिन भएको दाबी गरे ।

मन्त्री नायकले आयोगले निर्णय गरी सकेको भरतको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र पधानमन्त्री चयन प्रक्रिया प्रभावीत बनाउन खोज्नु ठिक नभएको बताए । आयोगले गरेको निर्णय सबैले मान्नै पर्छ उनले भने एमालेले पनि नमान्ने भन्ने हुँदैन् यो बिषयमा एमालेको सोचमा परिवतन आउन जरुरी छ ।  प्रतिपक्ष दल एमालेले यसरी नै संसद अबरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाई हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन समेत प्रभावीत हुने मन्त्री नायकले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *